इटहरीका डा. बेणु सिटौला बंगलादेशमा सम्मानित

Like 4 Views 551
SSE NEWS NETWORK (Neemuch) 25-01-2023 International

इटहरीका डा. बेणु सिटौलालाई बंगलादेशमा सम्मान गरिएको छ । 
ग्लोबल चेन्ज मेकरको उपाधि सहित डा.सिटौलालाई  बंगलादेशमा सम्मान गरिएको हो।

विविध राष्ट्रिय तथा अन्तरास्ट्रिय उपाधी हासिल गरेका डा. सिटौलालाई बंगलादेशको ढाकामा  अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित 
 ग्लोबल चेन्ज मेकर समिट कार्यक्रममा सम्मान गरिएको हो । 

नेपालमा रहेर पनि विभिन्न आधुनिक माध्यमको प्रयोगबाट शैक्षिक क्रियाकलापहरुलाई अन्तरास्ट्रियकरण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका कारण डा. सिटौलालाई सम्मान गरिएको हो । 

शिक्षासँगै विभिन्न क्षेत्र रहेर सफल कार्यसम्पादन गर्नेहरु मध्यबाट छनोट गरि  उक्त कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा डा. सिटौला सहित नेपालका ५ जना विशिस्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । नेपालबाट सम्मानित हुनेहरुमा हेटौंडाका डा.वीर वंश बैठा काठमाण्डौका अनन्त खनाल, दीपक भट्ट र गीता डंगोल महर्जन छन्  

२०२३जनवरी २४ मा एजुकेशन, इनोभेसन एण्ड लिडरसीप फर क्लाइमेट एक्शन भन्ने मूल नाराका साथ बंगलादेशको ढाकामा कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रमा नेपाल, भारत बंगलादेश, श्रीलंका, भुटान, बेलायत, थाइल्याण्ड , क्यानाडा, जापान, कोसोभो लगायत अन्य मुलुकका विशिष्ठ ओहदाका व्यक्तिहरूको उपस्थितिमा रहेको थियो । 

शिक्षा, स्वास्थ, खेलकूद, सिने जगत,सामाजिक कार्य, रोजगार लगायतका क्षेत्रमा विशेष योगदान गर्ने  सिटौला लगायत अन्य विभिन्न देशका व्यक्तिहरूलाई ग्लोबल चेन्ज मेकरको उपाधि दिइएको दिइएको हो ।

कार्यक्रममा नेपाल सहित भारत, बंगलादेश, क्यानाडा, फिलिपिन्स लगायत अन्य विभिन्न रास्ट्रका विशिस्ट व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रादेशिक